२०८३ जेठ ११ | १:१९ PM
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन…

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

लगानीबक्स २०८२ चैत २६ ४:३२ अपराह्न

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित गरिएको छ।

चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशपछि रोकिएको हो।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलासले साधारण सभा तथा निर्वाचन नगर्न आदेश दिएको हो।

रिटमा उक्त महासंघले आफू २०८१ चैत २८ गते सम्पन्न ५९औँ वार्षिक साधारण सभामा सदस्यको हैसियतले सहभागी भएको उल्लेख गर्दै हाल भने समावेश नगरिएको र सदस्यतासम्बन्धी निर्णयसमेत नगरी साधारण सभा गर्न लागिएको भन्दै आपत्ति जनाएको थियो।

यसअघि चैत २२ गते नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारिणी समिति, सदस्यता समिति र निर्वाचन समितिलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो।

131072