२०८२ चैत २८ | ६:५७ PM
समता घरेलु लघुवित्तको ३ लाख १४ हजारभन्दा बढी कित्ता संस्थापक…

समता घरेलु लघुवित्तको ३ लाख १४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत 

लगानीबक्स २०८२ चैत २७ 11:33 am

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १४ हजार ३९९ दशमलव ९७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले चैत २७ गते परिवर्तित शेयर नेप्सेमा अद्यावधिक गराउको हो ।

यस अघि संस्थापक तर्फ ६३ दशमलव ८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव १३ प्रतिशत शेयर स्वामित्व रहेकोमा कम्पनीले संस्थापक तर्फ ५९ दशमलव ११ प्रतिशत र सर्वसाधारणतर्फ ४० दशमलव ८९ प्रतिशत कायम गरेको हो । दोस्रो बजारमा कम्पनीको कुल ६६ लाख ५ हजार ४२ कित्ता शेयर सूचीकृत रहेको छ ।