२०८३ जेठ ११ | १:२० PM
कलाकारहरूले सुटिङमा मनाए दोस्रो मोही दिवस

कलाकारहरूले सुटिङमा मनाए दोस्रो मोही दिवस

लगानीबक्स २०८२ चैत २८ ४:३८ अपराह्न

काठमाडौं । दोस्रो मोही दिवसको अवसरमा चर्चित टेलिसिरियल सौता मेरी बहिनीका कलाकारहरूले सुटिङ स्थलमै मोही पिएर उत्साहपूर्वक दिवस मनाएका छन्।
कार्यक्रममा सहनिर्देशक तथा वरिष्ठ कलाकार शान्ति सापकोटाले आयोजक नेपाल डेरी एसोसिएसनप्रति धन्यवाद व्यक्त गर्दै दैनिक सेवन गरिने मोहीभन्दा दिवसको अवसरमा पिइएको मोही अझ विशेष अनुभूति भएको बताइन्।

त्यस्तै, कलाकार तथा एसोसिएसनका नुवाकोट जिल्ला अध्यक्ष दीपक ढुङ्गानाले मोहीको स्वास्थ्य र सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै यसको प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे। दीपक ढुङ्गाना (नुवाकोट जिल्ला अध्यक्ष) का अनुसार तयार पारिएको यो समाचारले मोही दिवसलाई कलाकारमार्फत थप प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउने विश्वास गरिएको छ।