काठमाडौं । बालेन्द्र शाह लाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा एक युटुबरलाई प्रहरीले पक्राउ गरेको छ।शुक्रवार पक्राउ गरेर आरोपी विरुद्ध प्रहरीले साइबर अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले बताए।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा शुक्रबार उनी पक्राउ परेको खुलेको छ। उनीमाथि साइबर अपराध कसुरमा अनुसन्धान सुरु भएको छ।
‘hades’ नामको युट्युब च्यानलमा उनले प्रधानमन्त्रीलगायत नेताहरूविरुद्ध अपशब्द प्रयोग गर्दै भिडियो सामग्री प्रसार गरेको आरोप छ।

