२०८३ जेठ ११ | ७:२६ PM
गृहमन्त्री गुरुङविरुद्ध पदबाट बर्खास्त गरि पक्राउ गरेर छानबिन गर्न माग

गृहमन्त्री गुरुङविरुद्ध पदबाट बर्खास्त गरि पक्राउ गरेर छानबिन गर्न माग

लगानीबक्स २०८३ वैशाख ७ १०:५२ पूर्वाह्न

काठमाडौं  । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ। गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ भनेर उल्लेख गरिएकोछ । मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ।’

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ। उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने जनाएकोछ ।