काठमाडौं । आज मंगलबार सुनको भाउ वृद्धि भएको छ।चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ६०० रूपैयाँले बढेको छ ।
सोमबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ७०० रुपैयाँ थियो भने मंगलबार ३ लाख १ हजार ३०० रुपैयाँमा उक्लिएको छ । तोलाको ३० रूपैयाँले घटेर चाँदीको भाउ ५ हजार १६० रुपैयाँ कायम भएको छ ।

