काठमाडौं: भक्तपुरको मनोहरा क्षेत्रमा सुकुम्वासी बस्ती हटाउन आज पुनः डोजरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। हिजो स्थानीयको विरोधपछि झडप भएको थियो।
आइतबार बिहानै टोली पुनः पुगेको छ र ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा कडा बनाइएको छ। यसअघि थापाथली र गैह्रीगाउँमा सुरु भएको अभियानअन्तर्गत मनोहराका संरचना हटाउने योजना छ।
हिजो ढुङ्गामुढा हुँदा केही सुरक्षाकर्मी घाइते भएका थिए। आज भने थप तयारीसहित बस्ती हटाउने काम अघि बढाइएको छ।

