काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १५ गते बससेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

