२०८३ जेठ ११ | ३:०८ PM
प्रधानन्यायाधीशमा डा.मनोज शर्मा सिफारिस

प्रधानन्यायाधीशमा डा.मनोज शर्मा सिफारिस

लगानीबक्स २०८३ वैशाख २४ ९:१५ अपराह्न

काठमाडौं । ३३औँ प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा डा.शर्माको नाम सिफारिस गरेकोहो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।