२०८३ जेठ ११ | ७:४६ PM
कृषिमन्त्री चौधरी र दक्षिण एशियाका विशेष दूत डा.अरुणाभ घोषसँग भेटवार्ता

कृषिमन्त्री चौधरी र दक्षिण एशियाका विशेष दूत डा.अरुणाभ घोषसँग भेटवार्ता

लगानीबक्स २०८३ वैशाख २५ ११:३८ पूर्वाह्न

काठमाडौं । माननीय मन्त्री गिता चौधरीले ३० औं जलवायु सम्मेलनका अध्यक्ष्य राष्ट्र ब्राजिलले दक्षिण एशियाका विशेष दूतका रुपमा न्युक्त हुनु भएका डा. अरुणाभ घोषसँग भेटवार्ता गर्नुभएको छ।

नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा परेको हिमाली राष्ट्र हो । हिमाल पग्लिने क्रम बढ्दै जाँदा तल्लो तटीय समुदायसमेत प्रभावित भइरहेका छन् । जलवायु परिवर्तन साझा विश्वव्यापी समस्या भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने विश्वास छ ।

 

राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा उच्च लक्ष्यसहितको NDC 3.0 कार्यान्वयनमा ल्याएको छ ।
४६ प्रतिशत वन क्षेत्र संरक्षण गर्दै कार्बन सञ्चिति र स्वच्छ पानीमार्फत क्षेत्रीय योगदान पुर्‍याएको उल्लेख गर्दै पर्वतीय राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउन ‘सगरमाथा संवाद’ आयोजना गरेको थियो । आगामी COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालले भारतसहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय र साझा एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ ।