२०८३ जेठ ११ | २:१० PM
नागरिक लगानीकोषको नाफा यो वर्ष करिब १० प्रतिशत बढ्यो 

नागरिक लगानीकोषको नाफा यो वर्ष करिब १० प्रतिशत बढ्यो 

हाल कोषको चुक्तापूँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ छ ।

लगानीबक्स २०८३ वैशाख २५ २:४७ अपराह्न

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नागरिक लगानीकोषले ९८ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव ६८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ८९ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी ७ दशमलव ३२ प्रतिशत बढ्दा कुल खर्च भने १ दशमलव १५ प्रतिशत घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गर्दा ३२ करोड ५० लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो । हाल कोषको चुक्तापूँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ छ । यस अवधिसम्म कोषले ३१ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। जगेडा कोषमा भने १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा रहेको कोषको प्रतिशेयर नेटवर्थ भने १४७ रुपैयाँ ११ पैसा छ ।