काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणको वैशाख २९ गतेको निर्णय अनुसार आगामी असार मसान्तसम्म कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो । प्राधिकरणका अनुसार कम्पनीले पुनर्बीमा दाबी भुक्तानी र यस अघि गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक नयाँ पुनर्बीमा व्यवसायमा रोक लगाइएको हो ।
कम्पनीका तत्कालित सञ्चालक र केहि कर्मचारीहरुमाथी हाल सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान जारी रहेकाले प्राधिकरणले नयाँ व्यवसायमा प्रतिवन्ध लगाएको हो ।

