मंगलबार, ९ भदौ २०८३ | ७:३३ PM
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

लगानीबक्स १२ जेठ २०८३ ९:३७ अपराह्न

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले अनुगमनका क्रममा एक नाबालिकाको उद्धार गरेको छ।

प्रहरीका अनुसार वर्ष १६ की नाम परिवर्तन गरिएको पीडिताको जाहेरीका आधारमा नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिलालाई पक्राउ गरिएको हो।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ पर्नेमा जिल्ला संखुवासभा चैनपुर नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका टोखा नगरपालिका–५ स्थित “Spa Park” सञ्चालन गर्दै आएकी वर्ष ४८ की अनिता भण्डारी रहेकी छन्।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार प्रतिवादी अनिता भण्डारीलाई मिति २०८३/०२/११ गते पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।