काठमाडौं । सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १३ चैत २०८२ मा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमा ब्लु बस सेवाबारे पनि उल्लेख छ ।

