२०८३ असार २८ | २:१३ PM
नेपाल–भारत सीमा मुद्दामा दुवै पक्षबाट अतिक्रमण भएको : प्रधानमन्त्री बालेन

नेपाल–भारत सीमा मुद्दामा दुवै पक्षबाट अतिक्रमण भएको : प्रधानमन्त्री बालेन

लगानीबक्स २०८३ जेठ १७ २:३० अपराह्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विवादबारे धारणा राख्दै नेपालले पनि कतिपय स्थानमा भारतको जग्गा मिचेको र कतिपय स्थानमा भारतले पनि नेपालको भूमि मिचेको उल्लेख गरेका छन्। उनले यस विषयलाई आरोप–प्रत्यारोपको रूपमा नभई मित्रवत् कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले सीमा विवादलाई कूटनीतिक छलफल (डिप्लोमेटिक टक) मार्फत समाधान गर्नु उपयुक्त हुने उल्लेख गर्दै “कसले मिच्यो भन्ने भन्दा पनि मित्र राष्ट्रको रूपमा मिलेर समाधान खोज्नुपर्छ” भन्ने धारणा राखे।

लिपुलेक–लिम्पियाधुरा क्षेत्रको विवादबारे प्रधानमन्त्री शाहले सरकार यस विषयमा सक्रिय रहेको र भारतसँग मात्र होइन, बेलायत (इंग्ल्यान्ड) सरकारसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार यो विवाद ब्रिटिश–इन्डिया कालदेखि जोडिएकाले ऐतिहासिक पक्षका कारण बेलायत सरकारको पनि सरोकार रहन सक्ने धारणा नेपाल सरकारले राखेको छ।