२०८३ असार २८ | २:१२ PM
बजेट ठूलो आएको भन्ने धारणा गलत: अर्थमन्त्री डा. वाग्ले

बजेट ठूलो आएको भन्ने धारणा गलत: अर्थमन्त्री डा. वाग्ले

लगानीबक्स २०८३ जेठ १७ ५:५४ अपराह्न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटको आकारलाई लिएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेट ठूलो आएको भन्ने धारणा गलत रहेको बताए । बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को सापेक्षतामा हेर्नुपर्ने उल्लेख गरे ।

उनका अनुसार भूकम्पअघि नेपालको ऋण–जीडीपी अनुपात करिब २५–२६ प्रतिशत रहेको थियो। तर कोभिड–१९ महामारीका क्रममा सरकारी खर्च बढ्दा यो अनुपात ४२–४३ प्रतिशतसम्म पुगेको थियो ।