२०८३ असार २८ | १२:४३ PM
८ हजार २ सय रुपैयाँले घट्यो सुन

८ हजार २ सय रुपैयाँले घट्यो सुन

लगानीबक्स २०८३ जेठ २४ ११:५५ पूर्वाह्न

२४ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ।

अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।