२०८३ असार २९ | १२:५१ PM
सुनको भाउ सामान्य वृद्धि,चाँदीको मूल्य गिरावट

सुनको भाउ सामान्य वृद्धि,चाँदीको मूल्य गिरावट

लगानीबक्स २०८३ असार २ १२:०५ अपराह्न

काठमाडाैं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। यो वृद्धिसँगै मंगलबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि लगातार दुई दिन सुनको मूल्यमा ठूलो वृद्धि देखिएको थियो, जसअन्तर्गत आइतबार प्रतितोला १ हजार २०० रुपैयाँ र सोमबार एकैपटक ५ हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो।

मंगलबार तोलामा २५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्ला दिनहरूमा चाँदीको मूल्य पनि बढ्दो क्रममा थियो।

गत आइतबार तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको चाँदीको मूल्य सोमबार पुनः १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँ पुगेको थियो।