काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा तोलामा १०० रुपैयाँ र चाँदीको मूल्यमा तोलामा ३५ रुपैयाँले कमी आएको हो ।
मूल्य घटेसँगै बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र डलरको विनिमय दरका आधारमा सुनचाँदीको मूल्य दैनिक रूपमा निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनचाँदीको मूल्यमा केही सुस्ती देखिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३१६.९२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६९.०५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।

