२०८३ असार ८ | ११:२६ AM
फोटोनलाई प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड-२०२६’ उपाधि

फोटोनलाई प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड-२०२६’ उपाधि

लगानीबक्स २०८३ असार ५ ३:३२ अपराह्न

काठमाडौँ । विश्वकै अग्रणी व्यावसायिक सवारीसाधन उत्पादक ब्रान्ड ‘फोटोन’ (Foton) प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड–२०२६’ बाट सम्मानित भएको छ। नेपालको यातायात क्षेत्रमा आधुनिक प्रविधि, उच्च सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री ईभी समाधानमार्फत उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।

राजधानीको होटल र्‍याडिसनमा आयोजित एक विशेष समारोहका बिच नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत (CEO) अनिलकुमार बरालले सो अवार्ड ग्रहण गरेका हुन् ।

नेपालमा फोटोन ब्रान्डका ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्सियल सवारीसाधनहरू व्यावसायिक प्रयोजनका लागि निकै रुचाइएका छन् । हालसम्म नेपालभर २ हजारभन्दा बढी फोटोनका सवारीसाधनहरू गुडिरहेका छन्, जसले मुलुकको दिगो यातायात विकास र कार्बन उत्सर्जन न्यूनीकरणको राष्ट्रिय लक्ष्यलाई ठुलो सहयोग पुर्‍याएका छन् । यो अवार्डले फोटोनको इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन, स्वच्छ ऊर्जाको प्रयोग र नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार एवं आर्थिक वृद्धिमा कम्पनीले खेलेको नेतृत्वदायी भूमिकालाई पुनः प्रमाणित गरेको छ ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै एमएडब्लू वृद्धिका सीईओ अनिलकुमार बरालले भने, “कर्पोरेट कमर्सियल भेहिकल अवार्ड–२०२६ प्राप्त हुनु फोटोन र एमएडब्लू वृद्धि परिवारका लागि गौरवको क्षण हो । यस सम्मानले नेपालमा विश्वस्तरीय कमर्सियल मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । हामी आगामी दिनमा पनि भरपर्दा सवारीसाधन, नवीन प्रविधि र मजबुत बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) मार्फत देशको आर्थिक प्रगतिमा निरन्तर योगदान दिनेछौँ ।”