२०८३ असार ८ | १:४२ PM
आज सुनचाँदीको भाउ उकालो लागेको छ

आज सुनचाँदीको भाउ उकालो लागेको छ

लगानीबक्स २०८३ असार ८ ११:२७ पूर्वाह्न

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला आज सुन २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै सोमबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ कायम भएको छ । हिजो आइततबार चाँदीको भाउ तोलाको ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा आन्तरिक माग र आपूर्तिका अलावा मुख्यतः अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको विनिमय दरका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । विश्व बजारमा भू-राजनीतिक तनाव र आर्थिक निरन्तरताका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्दा मूल्य बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७८.९९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६५.५७ अमेरिकी डलरम कारोबार भइरहेको छ ।