काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार (असार १० गते) सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ। यो भारी गिरावटसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार सुन इतिहासकै उच्च विन्दु नजिक प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासङ्घको ताजा विवरण अनुसार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा बिक्री भएको थियो । केही समययता निरन्तर बढेर आकाशिएको सुनचाँदीको भाउमा आज आएको यो गिरावटले सुन पसलहरूमा खरिद गर्ने उपभोक्ताहरूलाई केही राहत मिल्ने देखिन्छ ।

