२०८३ असार २७ | ७:२१ AM
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

लगानीबक्स २०८३ असार २१ ११:२४ पूर्वाह्न

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २१ गते आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले घटेको हो । मूल्यमा आएको यो गिरावटसँगै बजारमा सुनचाँदीको कारोबार मूल्य केही सस्तो भएको छ ।

महासंघले सार्वजनिक गरेको ताजा विवरण अनुसार आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ७०० सय रुपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि आइतबार घटेको छ । आजको बजारमा चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाइरहेका बेला यो साताको पहिलो दिन भने सामान्य गिरावट दर्ता भएको हो ।