मंगलबार, ९ भदौ २०८३ | ९:२३ PM
एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि…

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

लगानीबक्स २१ असार २०८३ ५:४७ अपराह्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट कार्य सम्पन्न भएको छ ।

आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको भव्य प्रदर्शनीको १८औँ संस्करणका लागि आज (असार २१ गते) गोलाप्रथा (लकी ड्र) मार्फत स्टलहरू वितरण गरिएको हो ।

प्रदर्शनीको स्टल बुक गर्नका लागि गत महिना रजिस्ट्रेसन खुल्ला गरिएको थियो । आज नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू तथा सम्पूर्ण सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथा कार्यक्रम सम्पन्न गरी स्टल बाँडफाँट (स्टल एलोटमेन्ट) गरिएको नाडाले जनाएको छ ।

गोलाप्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल (चार पाङ्ग्रे सवारी), १० वटा दुई पाङ्ग्रे सवारी साधन, १७ वटा लाइट कमर्सियल भेहिकल र ७६ वटा साना स्टलहरू अन्तर्गत ४५ वटा अटो कम्पोनेन्टस् (पार्टपुर्जा तथा एसेसोरेज) कम्पनीहरूलाई स्टल उपलब्ध गराइएको छ ।

स्टल बाँडफाँट कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले अटो शोमा सहभागी हुन उत्सुकता देखाउने र दर्ता प्रक्रियामा सामेल हुने सम्पूर्ण सहभागी कम्पनीहरूप्रति नाडाका तर्फबाट हार्दिक आभार व्यक्त गरे ।