मंगलबार, ९ भदौ २०८३ | ९:२२ PM
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच…

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता

लगानीबक्स २२ असार २०८३ ७:१९ अपराह्न

अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले निरन्तर पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विकास आयोजना कार्यान्वयन र लगानी परिचालनमा दिएको योगदानप्रति धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनमा पनि नेपालको विकास प्राथमिकतालाई सम्बोधन गर्ने परियोजनामा एडीबीको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सहकार्यलाई थप विस्तार गर्न आग्रह गरे।

जवाफमा एडीबी अध्यक्ष मासातो कान्डाले नेपालको विकासमा सहकार्य एडीबीको उच्च प्राथमिकतामा रहेको बताए। उनले आर्थिक विकास, पूर्वाधार निर्माण, ऊर्जा, यातायात, शहरी विकास तथा अन्य प्राथमिकताका क्षेत्रमा नेपालसँगको साझेदारीलाई निरन्तरता दिँदै थप सुदृढ बनाइने धारणा राखे।

भेटमा नेपाल–एडीबी साझेदारीअन्तर्गत सञ्चालनमा रहेका परियोजनाको प्रगति, आगामी लगानीका सम्भावना तथा विकास सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।