काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । निमित्त महानिर्देशक भरतमणि पाण्डेय,अर्थमन्त्रालय बाहिर सरुवा भएपछि भुषाललाई विभागको नेतृत्व दिइएको हो ।
भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्य नियुक्त भएका छन् । उनी आजै अर्थमन्त्रालय सरुवा भएका छन् ।
आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका भुषाललाई महानिर्देशकको जिम्मेवारी दिएको छ । हालका महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएपछि उनले जिम्मेवारी पाएका हुन् ।
नयाँ जिम्मेवारी पाएका तीनैजनन सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका थिए ।

