२०८३ असार २७ | ५:४७ AM
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक 

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक 

लगानीबक्स २०८३ असार २३ ३:१६ अपराह्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक  वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले कर्जा वितरणलाई प्राथमिकतामा राख्दै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । ब्याजदर करिडोर भित्र रही कर्जा वितरणलाई प्रोत्साहन गर्नेतवरबाट मौद्रिक नीति ल्याउने तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । बैंकिङ प्रणालीमा तरलता भएको कारण त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुँदा कर्जा वितरण गर्नुपर्ने दायित्व रहेको हुँदा कर्जा वितरणलाई प्राथमिकता दिन लागेको ती अधिकारीको भनाई छ । हाल बैंकिङ प्रणालीमा १३ खर्ब भन्दा बढी तरतलता  रहेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सँगै राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षामार्फत् राष्ट्र बैंकले ब्याजदर सीमाभित्र राख्न सफल भएको  छ ।