काठमाडौं । उपचारका क्रममा वीर अस्पतालको बर्न युनिटमा मुगुका २५ वर्षीय गणेश नेपालीको दुःखद निधनपछि नेपाल सरकार ,काठमाडौं महानगरपालिका र पीडित पक्षबीचबीच २४ घन्टा लामो वार्तापछि ९ बुँदे सहमति भएको छ।
यस घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ। साथै मृतककी श्रीमतीलाई रोजगारी दिने, छोरीलाई उच्च शिक्षाको व्यवस्था गर्ने र परिवारलाई उचित राहत दिने लगायत सहमति भएको छ ।



