शनिबार, २४ असोज २०८३ | ९:२० PM
हिमालयन बैंक र एससीटीबीच अन्तरबैंक रकम स्थानान्तरणसम्बन्धी सम्झौता

हिमालयन बैंक र एससीटीबीच अन्तरबैंक रकम स्थानान्तरणसम्बन्धी सम्झौता

लगानीबक्स सम्वाददाता २४ असोज २०८३ ८:०८ अपराह्न

सम्झौतासँगै हिमालयन बैंक एससीटीको ‘एससीटी इन्टर बैंक फन्ड ट्रान्सफर’ नेटवर्कमा आबद्ध हुने भएको छ। यसमार्फत हिमालयन बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

स्मार्ट च्वाइस टेक्नोलोजिजले विकास तथा सञ्चालन गर्दै आएको उक्त सेवा सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्न प्रयोग हुँदै आएको छ। यसले विभिन्न भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालमा पहिलो घरेलु कार्ड ‘एससीटी कार्ड’ सञ्चालन गर्ने संस्था हो। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारी संस्थालाई समेटेर कार्ड तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ।

एससीटी नेटवर्कमार्फत एससीटी युनियनपे, भिसा, मास्टरकार्ड, नेपालपे, डिस्कभर तथा रूपे कार्डको जारी तथा स्वीकार गर्ने सेवा, एटीएम, पोइन्ट अफ सेल (पीओएस), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्मलगायतका सेवा उपलब्ध हुँदै आएका छन्। कम्पनीले अन्तरबैंक रकम स्थानान्तरण सेवासमेत सञ्चालन गर्दै आएको जनाएको छ।