२०८३ असार २९ | १२:४० PM
सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ,चाँदी को मुल्य…

सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ,चाँदी को मुल्य के कति छ ?

लगानीबक्स २०८३ असार २९ ११:४८ पूर्वाह्न

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले ओरालो लागेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ ।