मंगलबार, ९ भदौ २०८३ | ७:५१ AM
सञ्चार गृह बाहिर शंकास्पद सवारी राखिएको घटनाको रास्वपाद्वारा भर्त्सना

सञ्चार गृह बाहिर शंकास्पद सवारी राखिएको घटनाको रास्वपाद्वारा भर्त्सना

लगानीबक्स २९ असार २०८३ ५:३७ अपराह्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाको भर्त्सना गरेको छ। महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै यसमा अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन पनि सुरक्षा संयन्त्रसँग माग गरेको छ।

`प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’  विज्ञप्तिमा भनिएको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य(मान्यताका ठाडो उल्लंघन भएको पनि महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।