मंगलबार, ९ भदौ २०८३ | १०:१२ PM
दुई दिनमा सुनको मुल्यमा गिरावट,चाँदीको भाउ के कति छ ?

दुई दिनमा सुनको मुल्यमा गिरावट,चाँदीको भाउ के कति छ ?

लगानीबक्स ३१ असार २०८३ ११:२७ पूर्वाह्न

काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ। यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार २ सय घटेको थियो भने सोमबार तोलामा २ हजार ८ सय घटेको थियो।

हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो। गत  आइतबार भने सुनको भाउ तोलामा ६ सय  बढेको थियो।

त्यसैगरी चाँदीको भाउ भने आज तोलामा ५५ रुपैयाँ बढेर ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। हिजो मूल्य घटेर सुनको भाउ ४ हजार ३ सय ६० रुपैयाँमा झरेको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।