मंगलबार, ९ भदौ २०८३ | ११:०४ PM
सुनको मुल्यमा वृद्धि,चाँदी घटेको छ

सुनको मुल्यमा वृद्धि,चाँदी घटेको छ

लगानीबक्स ३२ असार २०८३ ११:२९ पूर्वाह्न

काठमाडौं । आज नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ साथै चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। त्यसै गरि चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।