काठमाडौँ । आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ४८५ रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार २४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६३५ रुपैयाँ भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१७.५१ अमेरिकी डलर र चाँदी ५५.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

