काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँले भएको छ ।
त्यसै सुनचाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य भने ३ हजार ७०४ रुपैयाँ निर्धारण गरिएको छ। नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य सूचीका आधारमा दैनिक सुनचाँदीको दररेट निर्धारण गर्दै आएको छ।

