काठमाडौं । आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ८५ हजारमा ६ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै गरि आज चाँदीको मुल्य पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३७० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३२० मा कारोबार भएको छ ।

