काठमाडौं । सिप्रिङ खेला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । सिनर्जी पावर डेभलपमेन्टले सञ्चालन गरिरहेको उक्त आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा साउन ५ गते राती आएको बाढी पहिरोका कारण क्षति पुगेकाले पूर्ण रुपमा उत्पादन बन्द गरिएको हो ।
