काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आज अर्थ मन्त्रालयमा उत्पादनमूलक उद्योग सञ्चालन गरी नेपालको अर्थतन्त्रमा योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना हुने भएको छ।
छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रम आज अपराह्न ३ बजेदेखि सुरु हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
