काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा साउन १० गते सुनसरीमा भएको घटना, त्यसबाट उत्पन्न परिस्थितिका साथै देशको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। समीक्षा क्रममा सामाजिक सद्भाव, शान्ति तथा राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वयलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।
बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला निकाय तथा समुदायसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो।
त्यसैगरी, विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहतका कार्यहरू समयमै सञ्चालन गर्ने र ती कार्यलाई थप सुदृढ बनाउने निर्णय बैठकले गरेको छ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा विपद् व्यवस्थापनका विषयमा आवश्यक नीतिगत समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
