मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल आज

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल आज

लगानीबक्स २० साउन २०८३ ९:१२ पूर्वाह्न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार देशको वित्तीय अवस्थाबारे गहिरो बुझाइ राख्ने तथा मौद्रिक नीतिका उपकरण कार्यान्वयनमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँगको उक्त छलफल अर्थतन्त्रका विद्यमान चुनौती पहिचान गर्ने र समाधानका उपाय खोज्ने विषयमा केन्द्रित रहनेछ।

अर्थमन्त्रीले यसअघि राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा भेटघाट तथा समन्वय गर्दै आएका भए पनि सबै कार्यकारी निर्देशकसँग एकैपटक औपचारिक छलफल हुन लागेको यो सम्भवतः पहिलो अवसर भएको जनाइएको छ।
कार्यक्रम आज बिहान ९:१५ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुने तय भएको छ।

कार्यक्रमको प्रारम्भिक चरणमा सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न सहभागी हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।