शनिबार, २४ असोज २०८३ | ९:४४ AM
`लन्ड्री व्यवसायमा पनि होम डेलिभरीको सुविधा आवश्यक छ’ : गीता…

`लन्ड्री व्यवसायमा पनि होम डेलिभरीको सुविधा आवश्यक छ’ : गीता गोसाइँ 

“कोरिया, जापान वा अन्य देशमा जस्तै अवसर नेपालमै पनि सिर्जना गर्न सकिन्छ, आवश्यक छ त केवल आत्मविश्वास र निरन्तर मेहनत।”

लिजा क्षेत्री २२ साउन २०८३ ७:२८ अपराह्न

काठमाडौं टोखा नगरपालिका  वडा नं. ६, धापासी निवासी गीता गोसाइँ एक मेहनती, संघर्षशील र साहसी महिला हुन् । आफ्नो जीवनको यात्रा सुरु गरेकी उनले अनेक चुनौती र कठिनाइसँग जुध्दै आज आफ्नै पहिचान बनाउन सफल भएकी छन्।

गोसाइँले जति मेहनत गरेकी छिन् आफनै जन्मभूमिमा गरेकी हुन् त्यसैले उनी स्वदेशमा प्रशस्त अवसर रहेको समेत दाबी गर्छिन् । नेपालमै पनि मेहनत र लगनशीलताले सफलता हासिल गर्न सकिन्छ। त्यसैले उनी प्रायः भन्ने गर्छिन्, “कोरिया, जापान वा अन्य देशमा जस्तै अवसर नेपालमै पनि सिर्जना गर्न सकिन्छ, आवश्यक छ त केवल आत्मविश्वास र निरन्तर मेहनत।”

यही आत्मविश्वासका कारण गोसाइँले लन्ड्री व्यवसाय चलाउने योजना अघि सारिन् । तर बिडम्बन लन्ड्री व्यवसाय सञ्चालन गर्ने क्रममा धेरै दुःख र झन्झट भोग्नु पर्यो । काठमाडौंमा उच्च जनसंख्या, व्यस्त दैनिकीका कारण गोसाइँले व्यस्त हुने व्यक्तित्वहरुलाई ध्यानमा राखी लन्ड्री व्यवसाय सञ्चालन गर्ने निधो गरेकी थिइन्  ।

 लन्ड्री व्यवसाय दर्तादेखि अन्य आवश्यक प्रक्रिया पूरा गर्न अनेक चुनौती सामना गर्नुपरे उनले । जसले गर्दा सरकारी निकायमा धाउने, लगानीको जोहो गर्नका लागि गोसाइँ विभिन्न संघ संस्थाका साथै व्यक्तिहरुको सहयोग लिनको लागि दौड्नि थालिन् ।

गोसाइँले यी सम्पूर्ण कुराहरु मिलाउनका लागि गरेको जति पनि दुःख, संघर्ष, धैर्यता र लगानीशीलताका विभिन्न पक्षहरुको बाबजुद सफलता प्राप्त गरेकी हुन् । उनै गोसाइँका दुःख, संघर्ष, धैर्यता र लगानीशीलतामार्फत् प्राप्त सफलता लगायतका विषयमा लगानीबक्स टीमले गरेको अन्र्तवार्ता प्रस्तुत गरेका छौं :

१– गीता गोसाइँजी तपाईलाई लगानीबक्समा स्वागत छ , अब कुरा गरौं आजको परिवेशमा एउटा महिला भएर व्यवसायमा हात हालेर अघि बढ्ने सोच कसरी आयो ? 

धन्यवाद, सुरुमा म होस्टेल व्यवसायमा थिए। होस्टेल व्यवसाय चार पाँच वर्ष गर्ने क्रममा त्यहाँ सँगै काम गर्ने साथीभाईहरुको समूह थियो । ती समूहमा आफै केही व्यवसाय गर्नुपर्छ भनेर मैले छलफल चलाए त्यसमा साथीहरु सकारात्मक हुनु भयो । त्यसपछि हामीले  कुन तथा के कस्ता व्यसाय सञ्चालन गर्ने भन्ने क्रममा लन्ड्री व्यवसाय सञ्चालन गर्ने सहमत भयौं । साथीहरुको सरसल्लाह र आफनो व्यवसाय गरेर अघि बढ्ने आत्मविश्वासका कारण म यसको तालिम लिनको  लागि भारत गए । भारतमा तािलम लिएर आए पछि लन्ड्री  व्यवसाय सञ्चालन गरे ।

२– तालिम लिएर आफूलाई तयारी बनाउन भएको तपाईले लन्ड्री व्यवसायलाई कसरी अघि बढाउनु भयो ? 

नेपालीमा उखान छ नि ‘त आँट म पुराउछु’ भने जस्तो । म सँग पर्याप्त लगानीलाई रकम थिएन तर सुरु गरे पछि विभिन्नसंघ संस्था र व्यक्तिहरुको सहयोगबाट करिब ७० लाख जुटाए । उक्त रकम जुटाउनका लागि र निरन्तर हौसला दिने व्यक्तित्वहरु हुँदा ७० लाख नपुग्दा समेत मैले लगानी रकम जुटाउन निरन्तर पहल  गरे । ७० लाख जुन लगानी रकम थियो । लगानी गरे सके पछि विस्तारै व्यवसाय सञ्चालन गरे ग्राहकहरु आउने थाले भने त्यसपछि ग्राहकको संख्या बढ्दै जाँदा मलाई व्यवसाय सञ्चालन गर्न सहज भयो ।  लन्ड्रीमा सिजनमा २०० भन्दा बढी र सिजन नहुँदाको समयमा १०० माथि ग्राहकको संख्या रहेको छ । राम्रो कामका कारण ग्राहकको संख्या निरन्तर बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।

३– तपाईले  लन्ड्री व्यवसाय सञ्चालन गर्दै जाँदा सहज भएको बताउनु भयो तपाईले उपलब्ध गराउने सेवाहरु के कस्ता छन् र ग्राहकहरु तपाईको सेवा प्रति आर्कषण रहेको छ ? 

हाम्रो चाहिँ कमर्सियल लन्ड्री हो। कमर्सियल लन्ड्री भएकोले हामीले हस्पिटल होटेल प्लस पब्लिकहरुलाई सुविधा दिन्छ पब्लिकको लागि हाम्रो  जम्मा (कलेक्सन) सेन्टर आठ ठाउँमा छ र लन्ड्रीको सेवा सुविधामा आइरन ड्राइकिलिन यही गर्छौं। मैले अर्थात् हाम्रो व्यसायमार्फत् दिने  सेवामा ग्राहकहरु सन्तुष्ट छन् किनकि हामीले उहाँहरुको कपडामा गरिने सफाई, कपडामा दिने बास्ना, आइरन र  पटाउने  लगायतका कामहरु सन्तोषजनक र आर्कषक रहेको छ । व्यवसाय सञ्चालन गरे देखि ग्राहकहरुको नकारात्मक गुनासो पाएका छैंनौं , सबैले प्रशंसा गर्नु भएको छ । कपडा धोएर डेलिभरी गर्न सेवा दिन सकेको छैनौं , जुन आजको दिनमा  चुनौती रहेको छ ।ग्राहकहरु आफैं कपडा लिएर आउने र जाने काम भइरहेको छ । जसले गर्दा ग्राहकहरुको संख्या बढ्न नसक्ने चिन्ता रहेको छ , त्यसैले गर्दा डेलिभरीका लागि एउटा सवारी   साधान अर्थात् भ्यान लिने सोच बनाएको छु , ता कि घरघरमा सेवा  दिन सकियोस्, जसले गर्दा ग्राहकको समयको पनि बचत होस् र सुविधा प्राप्त गरुुन् ।

४– तपाईले मूल्य निर्धारण कसरी गर्नुहुन्छ र व्यवसाय सञ्चालनमा कति कर्मचारी छन् ?

हामीले पहिला मार्केट बुझछौ र  मार्केटमा कसरी मुल्य निर्धारण भएको छ त्यो राम्रो सङ्ग अबलोकन गर्छौ अनि मार्केटमा महङ्गी र आवश्यकता यी दुईवटा कुरालाई ध्यानमा राख्छौं उक्त मार्केटमा चलिराखेको रेड छ भने त्यही अनुसार मुल्य  निर्धारण गर्छौं र त्यही अनुसार सुविधा पनि दिन्छौं। साथै हामीलाई लन्ड्रीमा धेरै कर्मचारी चाहिने भएकाले अनि लन्ड्रीको  ब्रान्च हामी सङ्ग आठ वटा छ त्यसै कारणले  हाम्रोमा  लगभग हामी सङ्ग कर्मचारी २० २५ जना स्टाफ छन्। त्यसमा ड्राइभर बाहेक सबै लेडिज स्टाफ छन्।

५–तपाईको लन्ड्री व्यवसायमा के के उपकरण राखेको छ  ?

हाम्रो  लन्ड्रीमा  वासिन मेसिन,ड्राइ क्लिनिङ मेसिन,लुगा निचर्नेको लागि हाइड्रोयाकस्टयाकटर कपडा सुकाउने र होटेलको लागि आइरन गर्नको लागि रोल प्रेस आइरन  हुन्छ, साथै  पब्लिकको लागि कोट आइरन गर्नको लागि स्टिम आइरन पनि  हन्छ यिनै मेसिनहरू नै हामीलाई धेरै नै आवश्यक पर्छ।

६– तपाईहरुको मासिक आम्दानी कति के कति हुन्छ र खर्च कति हुन्छ तपाईँको मासिक ?

अहिले सम्म हाम्रो लन्ड्री   राम्रो सङ्ग चलेको छ त्यस्तै २० जना कर्मचारीलाई तलब दिएर सटर भाडा बुझाएर  विदेश जान आवश्यक नपर्ने हिसाबले हाम्रो आम्दानी राम्रो भएको छ । आज भोलि मलाई लाग्न थाली सक्यो कि नेपाल नै कोरिया र जापान जस्तो लाग्छ र काम गर्न सके नेपालमै जताततै पैसा पैसा छ काम गर्ने मान्छेलाई । अनि यत्रो जना        कर्मचारी पाल्न पर्‍यो   खर्च त अलि अलि भैहाल्छ नि त्यस्तै      कमाईको हिसाबले हाम्रो  ४० प्रतिशत जति खर्च हुन्छ ।

७– व्यवसायिक सञ्चालन गर्दा मुख्य चुनौतीहरू के के आए  ?

यो  व्यवसायिक गर्दा मलाई धेरै नै चुनौतीहरू आए मैले  सरकारलाई  भनेर ट्याक्स तिर्न म खुसी छैन र हुँदा पनि हुदैन। किनकि मैले यो   व्यवसायिक गर्न यति कठिन यात्रा गर्न पार्यो सोचेर पनि दिक्क लाग्छ मैले  अति दुःख पाएको छु। मैले यस्तो ठाउँमा जुन लन्ड्रीको कारखाना स्थापना गरेको थिए जहाँ बत्तीको पोल थिएन बत्तिको पोल नभएको हुनाले मैले साथ वटा पोल आफै गाडे , झन््डै ३०० मिटर तार आफैँले ल्याए अनि आज गाडे त्यो पोल भोलिपल्ट सरकारी भयो र त्यो पोल जोड्ने क्रममा पनि थ्री पेज लाइन भएको हुनाले धेरै दुःख पाए। अनि अर्को कुरा त्यसैमा डिपोजिट राख्नुपर्ने रहेछ मोही जग्गा भएको कारणले दुई लाख जम्मा गर्न पर्ने रहेछ।  मेरो बत्तीको  लाइन ल्याउने मात्र ७ लाख खर्च भएको थियो। आफ्नो व्यवसायिक राखेर केही गर्छु भन्दा पनि यो दर्ता गर्ने ठाँउमा उहाँ जाउ यो गर भनेर झन झन गर्ने यतिकैमा दुख दिने काम गर्‍यो ।

८– अहिलेको बजार हेरेर प्रतिस्पर्धा कसरी गर्नुहुन्छ र भविष्यमा व्यवस्थापक विस्तार गर्न योजना छ कि छैन?

प्रतिस्पर्धा त आफ्नै क्याटोगोरी हुन्छ । हामीले  राम्रो सर्भिस दियो भने उहाँहरु आफै आउनुहुन्छ जसलाई सस्तो चाहिएको छ जसले क्वालिटी हेर्नुहुन्छ उहाँ अन्त जानु हुन्न र मैले क्वालिटी पनि फोकस गरेको छु। साथै  त्यसैले क्वालिटी हेरेर कोही आउनुहुन्छ । र मैले  व्यवसायिक विस्तार गर्ने योजना त छ तर सरकारको नीति नियमहरूमा निर्धारित हुन्छ अनि सरकारले कस्तो खाल्नको नीति ल्याउछ त्यसैमा भर पर्छ ।

९– तपाईले ग्राहकको गुनासोहरू कसरी व्यवस्था गर्नुहुन्छ ?

 यो लन्ड्री सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले ग्राहकबाट गुनासो आएमा सुरुमा इन्चार्जले त्यसको समाधान गर्ने प्रयास गर्नुहुन्छ। यदि इन्चार्जबाट समस्या समाधान हुन सकेन भने म स्वयं संलग्न भएर ग्राहकको समस्या बुझ्छु र उचित समाधान प्रदान गर्ने गर्छु। हाम्रो प्राथमिकता ग्राहकलाई सन्तुष्ट बनाउनु र सेवाप्रति विश्वास कायम राख्नु हो।

१०– यो व्यवसायबाट तपाईँलाई कतिको नाफा भएको छ, व्यवसायको लागि सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?

यो व्यवसायिकबाट  नाफाभन्दा पनि पछिल्लो समयमा सबैको मुल्य वृद्धि  भएका छन  तर हाम्रो  व्यवसायिकको सर्भिसले  कहिले  पनि मूल्य  वृद्धि  गरेको छैन सदाबार एउटै मुल्य  भयो । र मार्केटमा प्रतिस्पर्धा धेरै छ सरकारले चाहे अलिकति सहयोग हुनपर्यो। एक त दर्ता गर्ने क्रममा त्यही झन्झटिलो हुन्छ। कर पनि बढी अनि जुन व्यवसाय भनेपछि ग्राहक सङ्ग  धुत्ने माध्यम हाम्रो समाज र  सरकारि कर्मचारीमा  छ त्यो हटे राम्रो होला भन्ने धारणा या अपेक्षा राखेको  छु ।

११– तपाईलाई अहिलेको अवस्था हेरेर नेपालमा बस्न मन लाग्छ कि लाग्दैन 

एक समय यस्तो पनि आयो, जब म आफैंले “सबै किन विदेश जान्छन्?” भनेर सोच्ने गर्थें। तर जीवनमा केही यस्ता परिस्थितिहरू आए, जसले मलाई पनि नेपाल छोड्नै पर्छ कि जस्तो महसुस गरायो। धेरै चुनौती र कठिनाइहरू सामना गर्नुपरेको थियो। नेपालमा रोजगारी र अवसरको अभावका कारण धेरै युवाहरू विदेशिने गरेको वास्तविकता मैले पनि नजिकबाट अनुभव गरेँ। तर मैले आफूलाई सम्हालें र हतारमा निर्णय गरिनँ। आफ्नो आत्मविश्वास कायम राख्दै नेपालमै केही गर्ने अठोट लिएँ। संघर्षका बीच पनि धैर्य राखेर अघि बढेँ र आफ्नो व्यवसाय तथा कामप्रति समर्पित रहेँ। आज परिस्थितिहरू राम्रो बन्दै गएका छन् र नेपालमै बसेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास अझ बलियो भएको छ। त्यसैले अहिले आफ्नो निर्णयप्रति गर्व महसुस गर्छु।

१२– यस्तो व्यवसायको लागि लगानी राष्ट्र बैंकले कस्तो नीति नियम ल्याउन पर्छ ?

नेपालमा अझै पनि पहुँच र शक्ति भएकाहरूले ऋण सहज रूपमा पाउने, तर सामान्य व्यवसायी वा आम नागरिकले धेरै झन्झट बेहोर्नुपर्ने अवस्था देखिन्छ। व्यवहारमा ‘जसको शक्ति, उसको भक्ति’ भन्ने जस्तो अनुभूति धेरैले गरिरहेका छन्। मेरो विचारमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिको वास्तविक आम्दानी र भुक्तानी क्षमतालाई आधार बनाएर ऋण दिनुपर्छ। उदाहरणका लागि, कसैको मासिक आम्दानी १० लाख रुपैयाँ छ भने उसको आयको आधारमा आवश्यक ऋण सहज रूपमा उपलब्ध हुनुपर्छ। तर धेरै अवस्थामा पर्याप्त आम्दानी हुँदाहुँदै पनि ऋण लिन कठिन हुने गरेको छ। आर्थिक अवस्था भएका व्यक्तिले फरक–फरक बैंकमा फरक व्यवहार र प्रक्रिया भोग्नुपर्छ। यसले व्यवसायी र सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको छ।

बैंकिङ क्षेत्रले पहुँच वा प्रभावभन्दा पनि पारदर्शी मापदण्ड, आम्दानीको स्रोत र ऋण तिर्ने क्षमतालाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो धारणा छ। यसले योग्य व्यक्तिलाई अवसर दिने मात्र होइन, समग्र आर्थिक गतिविधिलाई पनि सकारात्मक रूपमा अघि बढाउन मद्दत गर्छ।

१३– अहिलेको सरकारले ब्याब्सायलाइ कस्तो वातावरण बनाइदिए भए हुन्थ्यो जस्तो लाग्छ?(सहज र सहजीकरण)

सरकारले व्यवसायका लागि आवश्यक सहजीकरण गरिदियो भने अर्थतन्त्र र बजार दुवै चलायमान हुन्छन्। व्यवसायीहरू नै लगानी, उत्पादन, रोजगारी सिर्जना र राजस्व वृद्धि गर्ने मुख्य आधार भएकाले निजी क्षेत्रलाई सहज वातावरण दिन आवश्यक छ। व्यवसायीले लगानी बढाउँदा बजारमा पैसा प्रवाह हुन्छ, रोजगारीका अवसर सिर्जना हुन्छन् र समग्र अर्थतन्त्र बलियो बन्छ। त्यसैले सरकारले नीतिगत स्थिरता, सहज ऋण प्रवाह तथा प्रशासनिक झन्झट कम गरेर व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भन्ने मेरो सुझाव छ।