काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा मिनराज पोखरेल नियुक्त भएका छन्। कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेड का प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका प्रताप सुवेदीको स्थानमा पोखरेललाई मनोनित गरिएको हो।
कृषि विकास बैंकले बाँकी कार्यकालका लागि पोखरेललाई सञ्चालकमा मनोनयन गरी पठाएपछि नेको इन्सुरेन्सको बुधबार साँझ बसेको सञ्चालक समितिको ५०८औँ बैठकले उक्त नियुक्तिलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।
पोखरेलले सोही दिनदेखि सञ्चालक पदको जिम्मेवारी सम्हालेका छन्। कम्पनीका अनुसार उनको नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराइसकिएको छ। साथै, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई समेत बोधार्थ पठाइएको छ।
