मंगलबार, ९ भदौ २०८३ | ३:१७ PM
फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त एक हुने 

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त एक हुने 

लगानीबक्स २६ साउन २०८३ १:०५ अपराह्न

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड एक हुने भएका छन् । यी दुई कम्पनीहरुबीच साउन २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो । यी दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन । मर्जर सम्झौता भएसँगै दुबै कम्पनीको आधारभूत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा नभएसम्मका लागि रोक्का राख्न सम्बन्धित कम्पनीहरुले नेप्सेलाई आग्रह गरेका छन् ।

फर्स्ट​​​​​​​ माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा छ भने महिला लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ । हाल फर्स्ट माइक्रोफाइनान्सको चुक्तापूँजी १ अर्ब ३४ करोड रुपैयाँ र महिला लघुवित्तको २१ करोड ७५ लाख रुपैयाँ छ ।