काठमाडौं । जेनेसिस भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । साउन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १७ गते कम्पनीको रजिष्टर्ड कार्यालय मोरङमा अपरान्ह १ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी संशोधन गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गनेृछ । उक्त सभाले गत आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

