शनिबार, २४ असोज २०८३ | २:२३ PM
आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

लगानीबक्स २७ साउन २०८३ ११:१० पूर्वाह्न

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। पछिल्ला दिनहरूमा लगातार बढिरहेको सुनचाँदीको मूल्य बुधबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा उतारचढाव भइरहेको छ। पछिल्ला दिनमा उच्च दरले बढेको मूल्य आज भने केही घटेर कारोबार भएको महासंघले जनाएको छ।