शनिबार, २४ असोज २०८३ | १:४० PM
आज पनि सुनको भाउ घट्यो ,तोलामा कति ?

आज पनि सुनको भाउ घट्यो ,तोलामा कति ?

लगानीबक्स २९ साउन २०८३ ११:३३ पूर्वाह्न

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार  ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदी भने ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँ थियो ।