काठमाडौं । युनिभर्सल पावरको खुद नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष कम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म ५ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने २ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै नाफा कम भएको हो । अघिल्लो वर्ष २८ करोड १० लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष भने २३ करोड ९६ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । यस कम्पनीले दोलखा जिल्लामा ११ मेगवाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
२ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको कम्पनीको अदर इक्वीटी २४ करोड ३ लाख रुपैयाँभन्दा बढी छ । दिर्घकालिन कर्जा यो अवधिसम्म १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रहेको छ भने अल्पकालिन कर्जा १० करोड २९ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०९ रुैपैयाँ ६७ पैसा छ ।

