काठमाडौं । नेपाल आयल निगम लिमिटेडले काठमाडौंमा एलपी ग्यासको सहज आपूर्तिका लागि शनिबार (साउन ३०) पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।
निगमका अनुसार टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलस्थित बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइनेछ।
उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सक्नेछन्।निगमले ग्यासको आयात र वितरण नियमित रहेको जनाउँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ।
