मंगलबार, ९ भदौ २०८३ | ३:१४ PM
हाथवे इन्भेष्टमेन्टको २ करोड ५ लाखभन्दा बढी कित्ता शेयरको लकइन…

हाथवे इन्भेष्टमेन्टको २ करोड ५ लाखभन्दा बढी कित्ता शेयरको लकइन असोज २ गते सकिने

लगानीबक्स ३१ साउन २०८३ ११:१९ पूर्वाह्न

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन आगामी असोज २ गतेपछि सकिने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मिति २०८० साल असोज २ गतेदेखि यी शेयर लकइनमा रहेका थिए । संस्थापक तर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीतर्फको ५८ हजार ५०० कित्ता शेयरको लकइन आगामी असोज २ गतेपछि सकिनेछ भएको हो ।

यी शेयर स्वामित्व ग्रहण गर्ने सञ्चालक तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी वाहेक बाँकी शेयरधनीहरुले आफ्नो शेयर कारोबार गर्न सक्नेछन् । यस कम्पनीको कुल ३ करोड १७ लाख ११ हजार ६८० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ । कुल शेयरमा संस्थापक तर्फ ८७ दशमलव ५० प्रतिशत र सर्वसाधारणमा १२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।