मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
आज काठमाडौं उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

आज काठमाडौं उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

लगानीबक्स ३१ साउन २०८३ ९:२० अपराह्न

काठमाडौं । नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका अत्यावश्यक उपभोक्तालाई लक्षित गर्दै ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर वितरण गरेको छ।

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।

सोमबारदेखि भने सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाबाटै ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ। उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।